भैरहवा,
कृषि तथा पशुपक्षि मन्त्री घनश्याम भुसालले निति कार्यक्रम र वजेटलाई बढि भन्दा बढि प्रभावकारी बनाएर निर्वाहमुखी कृषिलाइ व्यवसायिक बनाउनु आफनो पहिलो प्रयत्न रहने बताउनु भएको छ ।
कृषि मन्त्री बनेपछि पहिलो पटक शनिबार गृह जिल्ला आउनु भएका मन्त्री भुसालले कृषिलाइ उद्यमको रुपमा विकास गर्दै परम्परागत रुपमा अल्झेको श्रमलाइ पनि उद्यमसीलताको रुपमा विकास गर्दै लैजाने बताउनु भयो । लुम्बिनी प्रेस क्लबले भैरहवा बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले खेती लगाउने बेला किसानले मल बिउको अभाव झेल्नु पर्ने बिद्यमान समस्यालाइ हल गर्नु आफनो पहिलो कार्य हुने बताउनु भयो । बिद्यमान कृषि नीति र बजेटलाइ नै प्रभावकारी कार्यान्वयन गर्दै असली किसानका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री भुसालले बताउनु भयो । मन्त्री भुसालले कृषि मन्त्रालय आफनो रोजाइको मन्त्रालय भएको पनि बताउनु भयो ।
प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्