रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अत्याधुनिक स्तरको दुईवटा पार्कको निर्माण कार्य पुरा हुनलागेका छ । पंचवाटिका र सिद्धार्थ पार्कको नाममा दुईवटा पार्कको निर्माण कार्य सम्पन्न हरन लागेको हो ।
पंचवाटिका छेत्रफलको हिसाबले ठुलो र पिकनिक स्पट सहितको हुनेछ भने सिद्धार्थ पार्क फुर्सदको समय ब्यतित गर्नेहरुका लागी भैरहवाको मुख्य छेत्रमा निर्माण गरिएको छ ।
सिद्धार्थ पार्क सिद्धार्थनगर नगरपालिका वडा नं १३ स्थित बस पार्क छेत्र भित्र निर्माण गरिएको छ । १ हजार २० वर्ग मि लगभग ३ कट्ठा छेत्रफलमा निर्माण गरिएको यसपार्कको निर्माण सहरी बिकास मन्त्रालय अन्तरर्गतको संघिय आयोजना कार्यन्वयन ईकाइ कार्यालयले निर्माण गर्दैछ ।
सिद्धार्थनगर नगरपालिकाले नगर भित्र पार्क निर्माण गर्ने योजना सहित संघिय आयोजना कार्यान्वयन ईकाइ कार्यालयलाई २०७४ को असारमा आयोजना दिएको थियो । १ बर्षमा पार्क निर्माण गर्नु पर्नेमा केही असहजता र अबरोधका कारण ६ महिना थप गर्नु परेको थियो । म्याद थप भएको ४ महिना बितेको छ भने अब २ महिनामा पार्कको म्याद सकिनेछ ।
संघिय आयोजना कार्यान्वयन ईकाइ कार्यालयका इन्जिनियर सुरेश खनालका अनुसार पार्कको निर्माण कार्य ९० प्रतिशत सकिएकोले अबको दुई महिनामा पार्क निर्माण कार्य पुरा हुने छ । ६ मिटर चौडाइ र ४६ मिटर लम्बाइ सहितको सि आकारमा रहेको पोखरी, ग्रिल सहितको बाउन्डरी पर्खाल, दुई वटा प्याराफिट, दुई वटा डोम पार्क, फुटपाथ, टिकट घर, तिन जना अट्ने २५ थान कुर्ची, सोलार बत्ती भगवान गौतम बुद्धको ठुलो मुर्ती रहेको पार्कको कुल लागत १ करोड ५३ लाख रहेको छ ।
पार्कको निर्माण कार्यको जिम्मा लछ्मी निर्माण सेवालाई दिइएको छ । अहिले सम्म पार्कमा पोखरी, प्याराफिट र डोमको निर्माण कार्य पुरा भएको छ । भगवान गौतम बुद्धको मुर्ती,पर्खालमा ग्रिल, फुटपाथमा इन्टरलक टायल, टिकट घर र कुर्ची राख्ने काम भने बाकी रहेको छ ।
सिद्धार्थनगर नगरपालिकाकाले पार्कले आम सर्बसाधारण, बसपार्कमा बाहिर जान र बाहिर बाट आएका यात्रुहरुलाई केही समय बिताउन लाभदायी जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्