पश्चिमी र स्थानीय वायुको प्रभाव : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाण्डौ – देशका मध्य र पूर्वी भेगका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै ठाउँहरुमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बेलुकीदेखि मौसममा क्रमिक सुधार हुनेछ । हिजो साँझपख देशका केही ठाउँमा मध्यम वर्षा भएको थियो ।

धनकुटा, संखुवासभा, सल्यान, रुकुम, म्याग्दी, कास्की लगायतका ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । यो समयमा हुरीबतास, चट्याङ र असिना पानीले असर गर्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij