कपिलवस्तुबाट कुल ९ हजार ९ सय १० जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुने

कपिलवस्तुबाट कुल ९ हजार ९ सय १० जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुने

एस.ई.ई. परीक्षा:

कपिलवस्तु , यसवर्षको एसइई परीक्षा यही चैत्र १९ गतेदेखि २९ गतेसम्म देशैभर सचालन हुदैछ । शिक्षा विकास तथा समन्वय इकाइ, कपिलवस्तुले माध्यमिक शिक्षा परीक्षा एसइई२०८२ का लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। इकाईले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गर्नुका साथै परीक्षा केन्द्र निर्धारण, केन्द्रगत विद्यालय र परीक्षार्थी विवरण व्यवस्थापन लगायतका स्थानमा कार्य सम्पन्न गरेको हो।

यस वर्ष कपिलवस्तुबाट कुल ९ हजार ९ सय १० जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्। तीमध्ये ४ हजार २६ छात्रा र ४ हजार ३ सय ७० छात्र रहेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय १४ जना सहभागी हुनेछन्।

जिल्लाभर ३५ वटा परीक्षा केन्द्रमार्फत १७१ विद्यालयका विद्यार्थीहरूले परीक्षा दिने व्यवस्था मिलाइएको छ। सहभागी विद्यालयमध्ये १३४ वटा सामुदायिक र ३७ वटा संस्थागत रहेका छन्।

इकाईका निमित्त प्रमुख चोपलाल बेल्वासेका अनुसार परीक्षा केन्द्र निर्धारण गर्दा विगतको अभ्यास, सुरक्षा व्यवस्था, पूर्वाधार र जनशक्ति उपलब्धतालाई आधार मानिएको छ। साथै, रोटेशन प्रणालीअनुसार पनि केन्द्र तोकिएको उनले बताए। विगतमा विद्यालयहरूबीच पारस्परिक रूपमा परीक्षा केन्द्र तोक्ने अभ्यासले परीक्षा प्रणालीप्रति विभिन्न प्रश्न र आशंका उत्पन्न भएको सन्दर्भमा यस वर्ष त्यस्तो अवस्था नदोहोऱ्याइने उनले स्पष्ट पारे।

श्री बाल मावि केन्द्रमा संस्थागत विद्यालय मात्र

यद्यपि, वाणगंगा नगरपालिकाको एक परीक्षा केन्द्रमा संस्थागत विद्यालयका विद्यार्थीहरू मात्र सहभागी हुने व्यवस्था गरिएको छ। बाल माध्यमिक विद्यालय, बैरियास्थित उक्त केन्द्रमा ७ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूले परीक्षा दिनेछन्। गतवर्ष वाणगंगा मा।वि।सिद्दिपुरमा केन्द्र तोकिएको थियो ।

विगतको परीक्षा प्रणाली भन्दा यसवर्ष सरोकारवालाहरूले परीक्षा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। अभिभावकहरूले पनि परीक्षा व्यवस्थापनमा इकाई र सम्बन्धित पालिकाहरूबाट प्रभावकारी अनुगमन हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij