बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’ शुरु: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’ शुरु: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवल , बुटवलमा शनिबार राती प्रहरीले चलाएको अपरेसन साइलेन्ट स्ट्रिट अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।

विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने प्रनाउ श्रीवास्तवले बताए । यो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत सर्च अभियान सञ्चालन गरिने उनले बताए ।

बुटवलमा यसअघि पनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल सर्च तथा कारबाही अभियान सञ्चालन गरेको थियो । उक्त अभियानपछि केही शान्त रहेको बुटवल पछिल्लो समय पुनः मोटरसाइकल पड्काउनेहरूले गर्दा अशान्त बन्दै गएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij