बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो ।
आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने प्रचलन छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा चौथो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।
विजयी हासिल गरेको एक मात्र किल्ला जितगढी
अंग्रेज-गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाले हरेक नेपालीको छाती चौडा बनाउँदछ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ यतीबेला सबै पुग्नै पर्ने एक गन्तब्य बनेको छ । यो गढीमा झण्डै २ सय वर्ष पुराना युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।
युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको छ, जीतगढीमा । त्यसो त जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरक(फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामग्री भेटिएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन् ।
प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्