बुटवल
राजधानी काठमाडौंका सुकुम्बासी बस्तीमा डाेजर चलेपछि बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जका सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी आन्दोलित भएका छन् ।
औद्याेगिक व्यवस्थापन लिमिटेडले बुटवलको औद्याेगिक क्षेत्रमा पर्ने जग्गा खाली गर्न सुचना जारी गरेपछि स्थानीय आन्दोलित भएका हुन्
बस्ती बचाऔं संघर्ष समिति बुटवल-१७ रानीगञ्जकाे नाउँमा संगठित भएका उनिहरूले यसअघि स्थानीय सरकार,जिल्ला प्रशासन कार्यालय सँग भएको सहमति कार्यान्वयन गर्न माग गरे ।
हजारौंको संख्यामा उपस्थित भएका उनिहरूले यसअघिका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पाण्डेयले औद्याेगिक क्षेत्र पनि बन्ने र स्थानीयकाे बस्ती पनि नउठ्नेगरि यसअघि भएको सहमतिमा आफुहरू अडिग रहेको बताए ।
संघर्ष समितिका संयोजक छवि रास्काेटीले आफुहरू औद्याेगिक क्षेत्रकाे जग्गामा बसाेबास गरेको नभई आफुहरूकाे जग्गा औद्याेगिक क्षेत्रमा पारिएको भन्दै लामो समयदेखि बसाेबास गरेका स्थानीयलाई बिस्थापित गर्न नहुनेमा जाेड दिए ।
साे अवसरमा सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी बस्तीमा डाेजर चलाउने बालेन सरकार बिरूद्व चर्को नाराबाजी गरेका थिए ।
बेलबास-बेथरी सडक निर्माणका क्रममा बिस्थापितहरूलाई बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा बस्ती बसालिएकाे भन्दै हाल २५ सय घरधुरी बसाेबास रहेको रानीगञ्जकाे जग्गा समेत हचुवाकाे भरमा औद्याेगिक क्षेत्रकाे नाउँमा पारिएको उनिहरूकाे दाबी छ ।
आफुहरूका माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिकि अगुवा सुनिता रास्काेटीले बताइन् ।
प्रकाशित मिति : आइतबार, बैशाख २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्