रुपन्देहीमा सुकुमबासीले गरे आन्दोलन घोषणा:बुटवलमा बिहीबार बृहत् प्रदर्शन

रुपन्देहीमा सुकुमबासीले गरे आन्दोलन घोषणा:बुटवलमा बिहीबार बृहत् प्रदर्शन

बुटवल — रुपन्देहीका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

भूमिहीन सुकुमबासी र अव्यवस्थित सङ्घर्ष समिति रुपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार पहिलो चरणअन्तर्गत बिहीबार बुटवलमा विरोध र्‍यालीसहित बृहत् प्रदर्शन गरिनेछ। प्रदर्शनका क्रममा राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली मिलनचोक–अस्पताल रोड हुँदै ट्राफिक चोक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय गरिएको छ।

त्यसपछि जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए।

पौडेलले सरकारसँग पर्याप्त तयारी र संवादबिना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई उठिबास लगाउने गरी डोजर प्रयोग गरिएको आरोप लगाए। उनले विगतमा नापजाँच भइसकेका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउन माग गरे।

उक्त प्रदर्शनमा बुटवलसँगै देवदह, तिलोत्तमा, सियारी, शुद्धोधन लगायतका स्थानीय तहका विभिन्न बस्तीबाट ठूलो संख्यामा सहभागी हुने अपेक्षा गरिएको छ।

उनले पहिलो चरणको आन्दोलनपछि पनि डोजर चलाउन रोक नलगाए दोस्रो चरणका आन्दोलन घोषणा गरिने चेतावनी दिए।

यसअघि बुटवल उपमहानगरपालिका–४, अदालत अगाडि रहेका ९ वटा घरटहरा हटाइएको थियो। साथै, मोतीपुर औद्योगिक क्षेत्रभित्र बनेका घरटहरा हटाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij