कृषिको विकास बिना मुलुक समृद्ध असम्भव

कृषिको विकास बिना मुलुक समृद्ध असम्भव

भैरहवा

कृषिप्रधान  मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । कार्यक्रममा सहभागि किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाइ पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले कृषिको विकास बिना मुलुक समृद्ध हुन नसक्ने कुरा सबैलाई अवगत हुँदाहुँदै पनि कृषि क्षेत्रमा सरकारको खासै ध्यान जान नसकेको बताए । किसानले परिश्रम गरेर उत्पादन गरेको वस्तुको मूल्य किसानले कम पाउने तर उपभोक्ताले उक्त वस्तुको बढी मूल्य तिर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनीहरुको भनाइ छ ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा सञ्चालित पाँचौ लुम्बिनी पर्यटन, प्रर्बद्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ अन्तर्गत शुक्रबार मेला सचिवालयमा भएको कृषि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गरे । उनीहरुले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले मुलुकको सक्रिय जनशक्तिमध्ये ६६ प्रतिशत नागरिक कृषि पेशामा निर्भर भएको बताउनुभयो । उहाले आयात नियन्त्रण गर्ने कुरा गर्ने तथा सीमापारी गएर वस्तु किन्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो । सुवेदीले उत्पादन र उत्पादकत्व नबढेसम्म एक अर्काको सेवा नसकिने बताउनुभयो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले उद्योग क्षेत्रमा भन्दा कृषि क्षेत्रमा मुलुक आत्मनिर्भर बन्ने सम्भावना बढी रहेको बताउनुभयो । उहाले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न महोत्सवमा सहुलियत दरमा कृषि स्टलहरु राखिएको बताउनुभयो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुल्सीराम भण्डारीले नीजि क्षेत्रले कृषिको विकासको लागि कार्यक्रम अगाडी बढाउनु प्रशंसनीय रहेको बताउनुभयो । उहाले प्रदेश ५ कृषिको प्रचुर सम्भावना रहेको प्रदेश भएको बताउनुभयो ।

कृषि विकास रणनीति एडिएस विज्ञ डिलाराम भण्डारीले कृषिको विकासको लागि शुशासन बलियो हुनुपर्ने बताउनुभयो । वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले अनुदानसम्बन्धि आएका गुनासो अनुगमन गर्दा गुनासो भए जस्तो नभेट्टिएको बताउनुभयो ।

मत्स्य शुद्ध नस्ल तथा प्रर्वद्धन केन्द्रका प्रमुख महेशचन्द गुप्ताले अहिले माछापालनमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

संगठनका उद्योग उपाध्यक्ष एवं मेला मूल आयोजक समिति सह–संयोजक रामचन्द्र रेग्मीले अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको बताउनुभयो । उहाले प्रविधि नभित्र्याइ कृषि क्षेत्रको विकास हुन नसक्ने दावी गर्नुभयो । संगठनका वाणिज्य उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले कृषिमा आकर्षित बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

स्टल दर्ता तथा बांडफांड उपसमिति सह–संयोजक राम प्रसाद भण्डारीले किसानले प्रयोग गर्ने औषधी तथा बिउबिजन मंहगो भएकोले त्यसलाई सहुलियत दरमा उपलब्ध गराउन माग गर्नुभयो ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले किसानले उचित मुल्य नपाउने र उपभोक्ताले बढी मुल्य तिर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कृषिमा परिवर्तन ल्याउन ऐन र निर्देशिकालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । बहुमुखी सहकारीका कृषि उपसमिति सदस्य विष्णु प्रसाद आचार्यले अनुदान दिंदा त्यसको प्रभावकारी अनुगमन हुन नसकेको बताउनुभयो ।

माछापालक कृषक भुवन पौडेलले उत्पादनमा विकेन्द्रीकृत, संकलनमा केन्द्रीकृत र वितरणमा विकेन्द्रीकृत भए विचौलियाहरु हट्दै जाने बताउनुभयो । मौरीपालक कृषक धुव्रराज ज्ञवालीले राष्ट्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले कृषिमा रहेको समस्या समाधानतर्फ राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । व्यवसायी सुमन न्यौपानेले भारतबाट सामान आउन छोडे स्वदेशमै कृषिजन्य उत्पादन बढ्ने र किसानले उचित मुल्य पाउने बताउनुभयो ।

उद्योग व्यापार संगठन रुपन्देहीका सह–कोषाध्यक्ष एवं महोत्सवका कृषि स्टल व्यवस्थापन, कृषि क्षेत्रको आर्थिक व्यवस्थापन उपसमिति संयोजक राम मिलन यादवको स्वागत, निवर्तमान अध्यक्ष एवं अनुगमन तथा मुल्यांकन उपसमिति संयोजक खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव एवं सचिवालय उपसमिति संयोजक अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij