काठमाण्डौ , नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल पक्राउ परे लगत्तै एमालेले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ ।
एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ ।
साथै एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
त्यस्तै एमाले महासचिव शङ्कर पोखरेलले पौडेलको पक्राउलाई न्याय प्रक्रिया विपरीत भएको दाबी गर्नुभएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्