पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियमलाई अग्रता 

पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियमलाई अग्रता 

बिश्वकप

काठमाडौं,  फिफा विश्वकप २०२६ अन्तर्गत सिएटल स्टेडियममा जारी अमेरिका र बेल्जियमबिचको निकै रोमाञ्चक खेलको पहिलो हाफ सकिएको छ।

पहिलो हाफको समाप्तिसम्म पाहुना टोली बेल्जियमले घरेलु टोली अमेरिकामाथि २–१ को अग्रता बनाएको छ।

खेलमा सुरुवाती अग्रता भने बेल्जियमले नै लिएको थियो। खेल सुरु भएको नवौँ मिनेटमै चार्ल्स डे केटेलारेले गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ३१ औँ मिनेटमा अमेरिकाका मलिक टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए र घरेलु दर्शकलाई उत्साहित बनाए।

तर, अमेरिकाको त्यो खुसी धेरै बेर टिक्न पाएन। बराबरी गोल भएको दुई मिनेट नबित्दै खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए।

पहिलो हाफमा दुवै टोलीबाट आक्रामक खेल प्रदर्शन भएको छ। अब दोस्रो हाफमा अमेरिका खेलमा फर्कने प्रयास गर्नेछ भने बेल्जियम आफ्नो अग्रतालाई जोगाउँदै जित निकाल्ने दाउमा छ।

यसको विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछ। अमेरिका सन् २००२ यता पहिलोपटक अन्तिम आठमा प्रवेश गर्ने प्रयासमा हुनेछ।

यो सन् २०१४ को विश्वकपको अन्तिम १६ को खेलको पुनरावृत्ति पनि रहनेछ। त्यस खेलमा बेल्जियम अतिरिक्त समयमा विजयी रहेको थियो। यो खेलको विजेताले अब स्पेनको सामना गर्नेछ।

खेल आफैं भने अमेरिकी खेलाडी फोलारिन बालोगनको रातो कार्डका कारण एक खेल प्रतिबन्धको निर्णय फिर्ता गरिएका कारण चर्को विवादमा परेको छ।

बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको अन्तिम ३२ को खेलका क्रममा उनलाई रातो कार्ड देखाइएको थियो र यसक्रममा उनी स्वतः एक खेलमा प्रतिबन्धमा परेका थिए।

तर फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधपछि फालोगनमाथिको प्रतिबन्ध हटाइएको बताइएको छ।

यद्यपि, फिफाले यसलाई अस्विकार गरेको छ। अब बालोगन बेल्जियमविरुद्ध मैदानमा उत्रिनेछन्। बेल्जियमलगायत युरोपेली फुटबल महासंघ सबैले फिफाको यो निर्णयको विरोध गरेका छन्।

प्रकाशित मिति : मंगलबार, असार २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij