काठमाण्डाै – नेपाली कांग्रेसका निवर्तनमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादु देउवाले आफू नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउनुभएको छ ।
स्वदेश फर्किएपछि अपीलपत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको उहाँको भनाइ छ ।
आफू ५ महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसङ्ग जाेड्दै देउवाले ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनुभएको छ ।
देउवाले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ । साथै उहाँले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरुन्त समाधान हुनुपर्ने पनि बताउनुभएको छ ।


प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्