काठमाण्डाै – सप्तरीमा ३ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर ३ ट्राफिक चाेकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार बिहान झन्डै ९ बजेसम्म बालिका घरमै थिइन् । त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झन्डै ६० मिटर पछाडि झाडीमा शव फेला परेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्