रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका १२९ जना व्यक्तिहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका प्रारम्भिक रिपोर्ट प्राप्त भएको हो ।

‘जिल्ला–जिल्लाबाट सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ । केही व्यक्ति भने सम्पर्कमा आइसकेका छन्,’ एसएसपी चौधरीले रातोपाटीलाई बताए ।

रसुवामा निजी तथा सरकारी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन् ।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कामसमेत जारी राखेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij