काठमाण्डौ , रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । त्यही सुरुङमा फसेका १०० जनाभन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भैरहेको नेपाली सेनाले जनाएको छ ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ । हिजो अबेरसम्म रसुवाका विभिन्न प्रभावित ठाउँबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको सेनाले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्