रुपन्देहीमा आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ
मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को ट्याङ्कर भागेकोमा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याङ्कर र व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्