कृष्णभीरको सडक ‘तीन दिनभित्र सञ्चालनमा ल्याइने’

कृष्णभीरको सडक ‘तीन दिनभित्र सञ्चालनमा ल्याइने’

काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको चितवनको कृष्णभीरखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले जानकारी दिइन्

अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको उनले बताइन् ।

कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिबार (भदौ २७) कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका निम्ति दुई बुलडोजर र दुई एक्साभेटर प्रयोग भइरहेको उनले बताइन् ।

ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम थालिनेछ । “ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ । सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ,” उनले भनिन्, “त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij