देशका विभिन्न स्थान सहित लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थान सहित लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौंः देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने प्रस्ट पारेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले बताएको छ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij