उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

काठमाण्डौ , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनमा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाह शाहसमक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो । उहाँले हिजो प्रतिनिधिसभाअन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिनुभएको थियो ।

पछिल्ला दिनमा काठमाण्डौका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगीप्रति आक्रोश पोख्नुभएको हो । उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।

प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट महोत्तरी–४ मा निर्वाचित यादव गएको चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij