त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका क्रममा एकजनाको शव फेला परेको छ।

अनुसार उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एकजनाको शव फेला पारेको हो। उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले सुरुङभित्र एउटा शव देखिएको पुष्टि गरेका छन्।

उनका अनुसार सुरुङभित्रसम्म पुगेर फर्किने क्रममा शव देखिएको हो। शव कसको हो भन्ने भने खुल्न सकेको छैन

सशस्त्र प्रहरीका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तला हिलोले पुरिएको अवस्थामा छन्। दुई तला मात्रै देखिने अवस्थामा रहेको र त्यही क्षेत्रमा शव फेला परेको हो

यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सुरुङभित्र १० दिनदेखि फसेका दुई जनालाई जीवितै उद्धार गरेको थियो

उद्धार गरिएका सप्तरीका ३० वर्षीय सञ्जय साह र काठमाडौंका ४५ वर्षीय कबीर महर्जन आयोजनामा क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij