रूपन्देही – सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो।
प्रहरीका अनुसार लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। उनीहरूलाई बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय भुपाल पुन, सोही वडाका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी गाउँपालिका–६ की ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्।
घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्