काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।
उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जान लागेको बताएका छन्
हाल चिलिमे जलविद्युतको सुरुङमा नेपाली सेना र भारतीय सेनाको संयुक्त उद्धार टोलीले सुरुङ भित्रको लेदो हटाउने काम गरिरहेको छ । अहिलेसम्म २५० मिटर लामो सुरुङमध्ये आधाभन्दा बढि भागको लेदो हटाएर खोलिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्