JanataToday.com

Advertisment

SKIP THIS

नेपालमै पहिलो खोप लगाउनु पूर्व बच्चाको स्वास्थ्य परिक्षण गर्ने मायादेवी गाँउपालिकाको निणर्य

नेपालमै पहिलो खोप लगाउनु पूर्व बच्चाको स्वास्थ्य परिक्षण गर्ने मायादेवी गाँउपालिकाको निणर्य

रुपन्देहीको मायादेवी गाँउपालिकाको स्वास्थ्य शाखाले बालबालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य शाखाले गाउपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व बालबालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताउनु भयो ।

विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका वालवालिकालाई निशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ ।
नेपाल सरकारले १५ महिना मुनिका बालबालिलाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज ईन्सेप्लाईटिस र निमोनिया रोग विरुद खोप लगाउने व्यवस्था गरेको खोप अधिकृत भेषराज शर्माले बताउनु भयो ।

आउदो पौषको दोस्रो हप्ता देखि संचालन गरिने यो अभियानले खोपका कारण बालबालिकाको मृत्यु भएको भनी विगतमा हुन गुनासाको अन्त्य हुने संयोजक आत्रेयले बताउनु भयो । खोप लगाउनु पूर्व वालवालिकाको न्वरो, निमोनिया, पखाला, रक्तश्राव,,तौल कुपोषणका वारेमा परिक्षण गर्नुका साथै आमालाई स्वास्थ्य शिक्षाका वारेमा जानकारी गराउने समेत उहाँले बताउनु भयो ।

उक्त गाउँपालिकामा १७ वटा खोप क्लिनिक मार्फत करिव १ हजार १ सय बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij