बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा देउसी भैलो खेल्दा साउन्ड सिस्टम बजाउन नपाउने नियम लागू गरेको छ।
मौलिक देउसी, भैलोलाई प्रोत्साहन गर्ने गरी तिहारको समयमा रेडिमेट (मोवाइल, पेनड्राईभबाट बजाइने, रेकर्ड भएका) गीत बजाएर नाच्न नपाउने नियम बनाएको नगरप्रमुख हिराबहादुर खत्रीले बताए।
खत्रीका अनुसार चर्को स्वरमा ठूलाठूला माईक बजाएर ध्वनी प्रदुषण गरे नियन्त्रणामा लिएर कारवाही हुन्छ ।
अटेर गरेको पाइए ती सामानहरु नियन्त्रणमा लिइने छ । यो नियम नैपालमा नै पहिलो पटक लागू गरिएको उनको दाबी छ ।
‘पछिल्लो समयमा तिहारको समयमा मौलिक तिहारका गीतहरु भन्दापनि बढी पेन्ड्राईभ, मोवाइलबाट साउण्ड सिष्टममा जोडर जोडजोडका साथ गीत बजाउने नाच्ने गरिएको छ,नगरपालिकाले उक्त कार्य नियन्त्रणको लागि यो योजना बनाएको हो,’उनले भने ।
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्