ग्रीष्मकालीन ओलम्पिककाे एसियाली छनोटमा नेपालले आज म्यानमारविरुद्ध खेल्दै

ग्रीष्मकालीन ओलम्पिककाे एसियाली छनोटमा नेपालले आज म्यानमारविरुद्ध खेल्दै

काठमाडाैँ : आसन्न ग्रीष्मकालीन ओलम्पिकका लागि एशियाली छनोटमा नेपाली महिला फुटबल टोलीले आज घरेलु टोली म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

एशियाली छनोटको प्रारम्भिक चरणको समूह सीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा बलियो मानिएको भारतलाई एक एक गोलको बराबरीमा रोकेको थियो ।

याङगोनस्थित थुवुना रंगशालामा हुने नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेदेखि शुरु हुनेछ । आइतबारको खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुने छ भने पराजित भएमा अन्तिम खेलमा बंगलादेशमाथि जित्नै पर्ने दवाव हुनेछ ।

नेपाली टोलीका प्रशिक्षकमा हरि खड्काले नेपालले म्यानमारविरुद्ध खेल्दा दवाव भए पनि नजिता सन्तोषजनक निस्कनेमा विश्वस्त छन् ।

समूह सीमा म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडि सकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ ।

नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यही समूका भारत र बगलादेश पनि आइतबार नै भिड्नेछन् । ओलम्पिकका लागि एशियाली छनोटमा १८ देशको सहभागिता छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij