JanataToday.com

Advertisment

SKIP THIS

पैचो पसलले मनायो ५ औ बार्षिक उत्सव

पैचो पसलले मनायो ५ औ बार्षिक उत्सव

बुटवल, (जनता टुडे)   बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ ।

बार्षिक उत्सवको अवसरमा गुल्मीको बलेटक्सारमा आयोजित कार्यक्रममा उत्कृष्ठ कृषि उत्पादन गर्ने किसानहरुलाई सम्मान गर्नुका साथै आफ्नो भाबी कार्ययोजनाहरु सार्वजानीक गरेको छ । पैचोसंग कारोबार गर्ने किसानहरु मध्यबाट गुल्मीका रामकृष्ण कंडेलले सर्बोकृष्ट किसानकारुपमा सम्मान गरिएको थियो । पैचोले कृषि उत्पादनमा उच्च योगदान गर्ने बिभिन्न गांउपालिकाबाट समेत उत्कृष्ठ किसानको सम्मान गरेको थियो । पुरस्कार पाउनेहरुमा रुरु गांउपालिका १ का महेन्द्र जङ्ग राना, छत्रकोट गांउ पालिकाबाट भुवन खराल, तानसेन नगरापालिका १४ बाट सिता पाण्डे, धुर्कोट गांउपालिकाबाट नारायण प्रसाद भण्डारी तथा पाणीनी गांउपालिका अर्घाखांचीबाट रामप्रसाद भट्टराई रहेकाछन् । कार्यक्रममा पैचोका आन्तरिक उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद सकित पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानीत कृषक तथा कर्मचारीहरुलाई प्रदेश ५ सरकारका भूमि, ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र प्रदेशसभामा गुल्मीका सभासद कमल श्रेष्ठले प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभएको थियो ।

बर्षिक उत्सव समारोहमा बोल्दै कृषिमन्त्री पौडेलले मुलुकको समृद्दिको आधार नै कृषि भएकाले कृषि पेशालाई राज्यले बिशेष महत्व दिएको बताउनुभयो । प्रदेश सरकारले स्थानीय सरकारहरुको समेत सहभागितामा ब्यवसायीक कृषि निती तयार गर्दै गरेको जानकारी गराउंदै केहि वर्ष मा कृषिमा परिवर्तनको अनुभुति गर्न सकिने अपेक्षा गर्नुभयो ।

प्रदेशसभा सदस्य कमल श्रेष्ठले पैचोले कृषकहरुको लागि ठूलो योगदान गरेको बताउंदै राज्यले पैचोलाई संगै लिएर हिंड्नुपर्ने बताउनुभयो ।

पुर्व संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिदेशमा पलायन भएका युवाहरुलाई पैचो मोडलको माध्यमबाट फर्काउन सकिने बताउनुभयो । ग्रामिण खानपान छाडेर अधुनीक खानाले गांउको उत्पादन बिस्थापन भएको चर्चा गर्दै भण्डारीले फेरी बिस्तारै परम्परागत र ग्रामिण खानाको महत्व बढ्दै गएको बताउनुभयो ।

पैचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले ग्रामिण क्षेत्रका किसानलाई कार चढ्ने हैसियत नबनाउंदा सम्म पैचोले बिश्राम नलिने बताउनुभयो ।

पैचो पसलले पहाडी र उच्च पहाडी कृषि उत्पादनहरुलाई कच्चा पदार्थकारुपमा उपयोग गर्दै ४० बढी अन्ततरराष्ट्रिय गुणस्तरका खाद्य उत्पादन गर्दै आएको छ । पैचोका अनुसार अहिले नेपालको प्रदेश नम्बर १ बाहेक सबै स्थानीय बजारमा पैचो उत्पादन उपलब्ध रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij