गुल्मी ।
गुल्मी जिल्लामा भ्रमण वर्ष २०२० रुरुक्षेत्र गाउँपालिकाको रिडीबाट शुभारम्भ गरिएको छ । गुल्मीमा देशका चारधाम मध्येको एक पवित्र तपोभुमी गुल्मीको रुरुक्षेत्र धाम भएको हुनाले पनि भ्रमण वर्ष २०२० रुरुक्षेत्रबाट शुभारम्भ गरिएको हो । रुरुक्षेत्रको रिडी गुल्मी, पाल्पा र स्याङजा तीन जिल्लाको संगम स्थल भएको हुनाले पनि रिडीबाट भ्रमण वर्षको शुभारम्भ गरिएको बताईएको हो । पर्यटकलाई आर्कषण गर्न सहज समेत हुने भएकाले गुल्मीमा भ्रमण वर्ष २०२० को शुभारम्भ रिडीबाट भएको हो । पाल्पाको ऋषिकेश मन्दिर नजिक पर्ने तथा तीन जिल्लाको संगम स्थल पनि भएकाले रिडीबाट भ्रमण वर्षको शुभारम्भ भएको हो ।
जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका पर्यटन पवद्र्धन समितिको सह–आयोजनामा गुल्मीमा भ्रमण वर्ष २०२० को रुरुक्षेत्रको रिडीबाट शुभारम्भ भएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिनुभयो ।
पाँच नम्बर प्रदेशका सांसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले भ्रमण वर्ष २०२० को शुभारम्भ गरेका थिए । भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा बोल्दै श्रेष्ठले विशेष गरि आन्तरिक पर्यटन पवद्र्धनमा जोड दिनभएको थियो । उहाले आन्तरिक पर्यटकहरुलाई वृद्धि गर्नको लागि सबै स्थानीय तहहरुले आ–आफ्नो रणनीति बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा अन्तरपालिकास्तरीय भ्रमण गर्ने, भ्रमण वर्षलाई सफल बनाउनका लागि आन्तरिक पर्यटकलाई विशेष प्राथमिकता दिने, जिल्लास्तरीय रुपमा फुड फेस्टिभल सञ्चालन गर्ने जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
भ्रमण वर्ष २०२० शुभारम्भको दिन आजजिल्लामा रहेका सबै पर्यटकीय स्थलमा निःशुल्क अवलोकन गराईएको छ । भ्रमण वर्षलाई सफल बनाउनका लागि जिल्ला समन्वय समितिमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, समग्र जिल्लाको वृत्तचित्र निर्माण गर्ने, पर्यटकीय स्थल समावेश गरी जिल्लाको ब्रोसर प्रकाशन गर्ने, सूचना सम्प्रेषणलाई प्रभावकारी गराउन स्थानीय सञ्चार माध्यममा पर्यटकीय स्थलको पहिचान सहितको सूचना प्रशारण गर्ने बताईएको छ ।
जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थल रुरुक्षेत्र तथा रेसुङ्गा क्षेत्रमा भ्रमण गर्ने, पर्यटकहरुको सहयोगका लागि सम्बन्धित स्थानीयतहले टुरिष्ट गाइडको व्यवस्था गर्ने, प्यारागलाइडिङ्गका लागि सम्भावित स्थलको खोजी गर्ने कुरामा विशेष जोड दिईएको छ ।
स्थानीय कला, संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न स्थानमा जात्रा महोत्सव तथा संस्कृति प्रर्दशन कार्यक्रमको आयोजना समेत गर्ने बताईएको छ । जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितीले भ्रमण वर्षलाई लक्षित गरी २२ भन्दा बढी पर्यटकीय स्थलहरुको पहिचान गरेको छ ।
ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा, रुरु, कुर्घा–मालिका, सत्यवती, शालिमेदह, सेतीवेनी, अश्लेवा ठूलावगर, अर्जुन, आँपचौर, श्रृङ्गा, टिमुरे ताल, दिव्रुङ्गदह, चक्रेश्वर मन्दिर, वामी सरस्वती मन्दिर रहेका छन् । भार्सेको अगरउड, छत्रकोट चोयगा, गुल्मीदरबार, धुर्कोट, इस्माकोट, मुसीकोट दरबार, मदाने, मालिका, कंङ्के देउराली, विचित्र गुफा, अरविन्द्र आश्रम, लेकपोखरा, अश्लेवा रुद्रवेणी राममन्दिर, हरेवाको झरना, बढीगाड ¥याफ्टीङ्ग, गुल्मी कफी, सेरामिक्स लगायत पर्यटकीय पहिचानका रुपमा रहेका छन ।भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिसहित जिल्लामा रहेका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी, शिक्षक, बुद्धिजिवी र सर्वसाधरणको सहभागिता रहेको थियो । सबैले आ–आफ्नो ठाउँमा भ्रमण वर्ष २०२० लाई सफल बनाउने प्रतिबद्धता जाहेर गरे ।जिल्लाको प्रवेशद्वार रहेको रिडी बजारको पुलबाट विभिन्न जातजातीका झाँकीसहित निस्केको विशाल पदयात्राले रिडी बजार परिक्रममा पछि ऋषिकेश मन्दिर नजिकैको खेल मैदानमा भ्रमण बर्षको शुभारम्भ बिशेष कार्यक्रम गरिएको थियो ।
प्रकाशित मिति : बुधबार, पुष १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्