नोकिया एक्स सिक्स लञ्च, के के छन् फिचर्स ?

नोकिया एक्स सिक्स लञ्च, के के छन् फिचर्स ?

चीनको बेइजिङमा बुधबार नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरिएको छ । स्मार्टफोनको रुपमा एचएमडी ग्लोबलले नोकिया एक्स सिक्स लञ्च गरेको हो ।

यो स्मार्टफोनमा ए आई तथा एचडिआर फिचर्सयुक्त डुअल रियर क्यामरा रहेका छन् ।

यसका अन्य फिचर्समा अक्टाकोर स्नापड्रागन ६३६ प्रोसेसर, ४ तथा ६ जिबी र्याम र एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम रहेको छ ।

त्यस्तै यो स्मार्टफोनको ४ जिबी र्याम तथा ३२ जिबी स्टोरेज भएको भेरिएन्टको मूल्य १२९९ चिनिया युआन तोकिएको छ भने ६ जिबी र्याममा ६४ जिबी स्टोरेजयुक्त मोडेलको १४९९ युआन तोकिएको छ ।

यो फोनको बिक्री कहिलेदेखि सुरु हुने भन्ने खुलाइएको छैन । तर कतिपय प्लेटफर्ममा यसको प्री-बुकिंग सुरु भैसकेको छ ।

नोकिया एक्स सिक्सका ५.८ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । सुरक्षाका लागि २.५ डी गोरिल्ला ग्लास थ्री प्रोटेक्सन रहेको छ । यस स्मार्टफोनले डुअल सिम सपोर्ट गर्दछ ।

मुख्य क्यामरा दुईवटा रहेकोमा एउटा १६ मेगापिक्सेल सेन्सर तथा अर्को ५ मेगापिक्सेल मोनोक्रोम सेन्सरयुक्त रहेको छ । साथै सेल्फी क्यामरा १६ मेगापिक्सेलको रहेको छ ।

फोनमा नोकियाको बोथी फिचर रहेको छ यसका माध्यमबाट प्रयोगकर्ताले फ्रन्ट तथा रिअर क्यामरालाई एकसाथ प्रयोग गर्न सक्दछन् । फोनमा फेस अनलक फिचर रहेको छ । साथै फोनको पछाडिपट्टि फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij