तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु भएको छ ।
नगर कार्यपालिकाको ४७ औं बैठकको निर्णयअनुसार मंगलबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।
मंगलबारबाट आनन्दवन सहकारी संस्था लिमिटेडले अनुदानको गहुँ बिऊ बिक्री सुरु गरेको छ भने कोटिहवा स्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै बिक्री सुरु गर्ने जनाइएको छ ।
आनन्दवन सहकारीले वडा नं. १ देखि १० र जनविकास सहकारीले वडा नं. ११ देखि १७ सम्म अनुदानको बिऊ किसानलाई बिक्री गर्नेगरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
मंगलबार मणिग्राम स्थित आनन्दवन सहकारी संस्थामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले बड्का केवट, हरि कंडेल र टेका प्रसाद अर्याललाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरेका हुन् ।
नगरपालिकाले दुई सहकारीसँगको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो ।
नगरपालिकाले अनुदानका विषयमा व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
नगरपालिकाले यस वर्ष करिव ७ सय क्विन्टल अनुदानको गहुँको बिऊ किसानले सहकारीमार्फत् लैजाने अपेक्षा गरेको छ ।
गहुँ खेती गर्ने किसानहरुले आवश्यक कागजातको आधारमा अनुदानको बिउ प्राप्त गर्न सक्नेछन् । गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले किसानलाई व्यवसायिक बनाउन र केही राहत दिन बिऊमा अनुदान दिइएको बताए ।
कार्यक्रममा आनन्दवन सहकारी संस्थाका अध्यक्ष माधव पाठक, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, वडाअध्यक्ष सोहन प्रसाद थारु लगायतले बोलेका mथिए ।
नगरपालिकाको कृषि समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्