काठमाडौंमा वर्षकै जाडो दिन : केही दिनमै चिसो बढ्ने !

काठमाडौंमा वर्षकै जाडो दिन : केही दिनमै चिसो बढ्ने !

काठमाडौं। काठमाडौंमा आज यो यसवर्षकै जाडो भएको छ। आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम तापक्रम मापन गरिएको छ। काठमाडौं उपत्यकामा आज बिहान घाम झुल्कनुअघिको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको थियो।

गएको बर्ष नोभेम्बरको अन्त्यमा मात्रै न्युनतम तामक्रम ६ दशमलब ८ डिग्री पुगेकोमा यस बर्षको नोभेम्बरको पहिलो सातामै तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियसमा झरेको मौसमविद् बिभुति पौखरेलले जानकारी दिए। पोखरेलका अनुसार गएको बर्षको तुलनामा यस बर्ष यो समयमा तापक्रम निकै घटेको हो। गएको बर्ष नोभेम्बर ६ (आजको दिन) को न्युनतम तापक्रम १० दशमलब ८ डिग्री थियो।

मंगलबार जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ४ डिग्रीमा झरेको छ। गएको बर्ष जुम्लामा डिसेम्बरमा मात्रै माइनस ४ डिग्री सेल्सीयस थियो। तथ्यांक हेर्दा यो बर्ष देशैभरी चिसो चाडै आएको मौसमविद पोखरेलको भनाइ छ। गएको बर्षको तुलनामा यो बर्ष १० देखि १५ दिन अघि नै चिसो बढेको पनि उनले बताइन्।पश्चिमी बायुको प्रभावले केही दिनमै चिसो अझै बढ्ने अनुमान गरिएको छ।

नोभेम्बर ९ मा पश्चिमी बायुको प्रभावले अझै चिसो बढ्नेछ। राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घट्दै गएको मौसमविद् पोखरेलको भनाइ छ। पोखरेलका अनुसार पश्चिम र मध्य क्षेत्रमा चिसो बढ्दै गएको छ। मौसम सफा भएकाले यो वर्ष छिटै देशभरी कै न्यूनतम तापक्रम घटेको हो।

अहिले तुरुन्तै पानी पर्ने संभावना भने नरहेको मौसमविद् पौखरेलले बताए। मंगलबार पूर्वी पहाडी क्षेत्रको मौसम दिउँसोपछि आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij