कपिलवस्तु । कपिलवस्तु प्रहरीले मंगलबार झण्डै ६ लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ ।
कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट अवैध ढंगबाट नेपाल भित्र्याउन खोज्दा पक्राउ गरिएका र सदरमुकाम तौलिहवा एवं अन्य बजारमा बिक्रीमा राखिएका पटाकाको भण्डारलाई प्रहरीले मंगलबार नष्ट गरेको हो ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा ५ लाखको र इलाका प्रहरी कार्यालय परिसरमा १ लाख रुपैयाँको पटाका नष्ट गरेको प्रहरी नायव उपरीक्षक रवी रावलले बताउनुभयो ।
पटाकाजन्य बस्तुहरु सीमा नाकाबाट भित्र्याउन, बिक्री वितरण गर्न पड्काउन स्थानीय प्रशासनले पूर्ण प्रतिबन्ध लगाइएको छ । तर पनि अवैध रुपमा ल्याइएका यी पटाकाहरु संचारकर्मीको रोहवरमा नष्ट गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।
पटाका एवं अन्य अपराधीक गतिविधि नियन्त्रणका लागि गोप्य रुपमा सादा पोशाकका प्रहरीहरु परिचालन गरिएको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । पटाकाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि पनि पटाका नियन्त्रण गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्