कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
घटना भएको एक सय ९ दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका हुन् ।
‘सरकारले लामो समयदेखि न्याय दिन्छु’ भनेपनि अहिलेसम्म हत्यारा पत्ता नलगाएकाले आफूहरु फेरि आन्दोलनमा उत्रिनुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । उनले छोरीको हत्या भएको ४ महिना पुग्दा पनि हत्यारा पत्ता नलागेकाले सरकारलेलाई दवाव दिन जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बस्नु परेको बताए ।
‘सरकारले न्याय दिन्छु भनेको धेरै भयो । तर अहिलेसम्म अपराधि को हो ? भन्ने टुंगो छैन्’, यज्ञराले भन्नुभयो, ‘कहिलेसम्म आश गरेर बस्ने ?, त्यसले सरकारलाई दवाव दिन अनिश्चितकालीन धर्नामा सुरु गरेका छौं ।’
उनले धर्ना बस्दा पनि राज्यबाट न्याय नपाए आफूहरु अनसन बस्न बाध्य हुने चेतावनी दिएका छन् । ‘अहिलेलाई दिन रात गरेर अनिश्चितकालीन धर्ना छ’, उहाँले भन्नुभयो ‘यति गरेर पनि सुनुवाई भएन भने अनसन आफै बस्छु ।’
निर्मलाका आमाबुबा, परिवारका अन्य सदस्य र नागरिक संघर्ष समितिका सदस्यहरुसहित मदनचोकबाट निस्किएको ¥याली जिल्ला प्रशासनको गेट अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।
यसअघि, कार्तिक १८ गते भिमदत्त नगरपालिका २ उल्टाखामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले तिहारसम्म अपराधि पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए ।
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्