सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

बुटवल : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सामाजिक विकास मन्त्री सोडारीलाई बर्खास्त गरेका हुन्।

तिहारका समयमा भएको मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मुख्यमन्त्री भट्टले मन्त्री सोडारी मन्त्री पदबाट हटाएका मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। सोडारीलाई मुख्यमन्त्री भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निर्देशनमा हटाएको बताइएको छ।

मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जीप र से ३ प २४२० नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा गत शुक्रबार राति आपसमा ठोक्किएका थिए।

उक्त दुर्घटनामा जीप चालक गोदावरीका धोजेन्द्र शाही, उनका भान्जी १० वर्षीया आयुश्मा शाही र मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij