नेपाल-अमेरिका पत्रकार संघका सचिव भण्डारीलाइ बुटवलमा सम्मान

नेपाल-अमेरिका पत्रकार संघका सचिव भण्डारीलाइ बुटवलमा सम्मान

बुटवल । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का सचिव सुरज भण्डारीलाइ बुटवलमा स्वागत,बधाइ तथा सम्मान प्रदान गरिएको छ ।

रुपन्देहीमा १५ बर्ष सक्रिय पत्रकारिता गरेर हाल अमेरिकामा पनि सक्रिय रुपमा पत्रकारिता गरिरहेका भण्डारीलाई रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा सम्मान गरेको हो ।

शुभकामना आदान प्रदान ,स्वागत सम्मान कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले नेपाली पत्रकारितालाई सिर्जनात्मक कार्यमा पनि सदुपयोग गर्नुपर्ने बताए ।

छिमेकी देशहरुमा भएका विभिन्न अभ्यासहरुबाट नेपाली पत्रकारीताले पनि सिक्न जरुरी रहेको उनको भनाइ छ ।नेपाल अमेरिका पत्रकार संघका सचिव सुरज भण्डारीले व्यवसायीकता संगसंगै पत्रकारको क्षमता अभिवृद्धि हुनुपर्ने बताए ।

उनले बिश्वब्यापीकरणको अबस्थामा नेपालका पत्रकारहरु पनि बिश्वभर जोडिन सम्भब रहेको भन्दै पत्रकारितालाइ मर्यादित बनाउनुपर्ने धारणा राखे ।पछिल्लो समयमा डिजिटल पत्रकारीताले स्थान जमाइरहेको भन्दै भण्डारीले समय सापेक्ष पत्रकारिताको टे«ण्ड फेर्न जरुरी रहेको बताए ।

रिपोर्टर्स क्लवका प्रदेश सदस्य कपिल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य तेजेन्द्र केसीले गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij