मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

बुटवल: बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलका विद्यार्थीले यौन हिंसाविरुद्ध संकलन गरेको हस्ताक्षर मंगलबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएका छन् ।

दशैं–तिहारकोे विदामा विद्यार्थीहरूले किशोरीमाथि हुने यौन हिंसाविरुद्ध सडक नाटक प्रर्दशन गर्दै हस्ताक्षर अभियान चलाएका थिए ।अभियानका क्रममा विद्यार्थीहरूले मुख्यमन्त्री पोखरेललाई समेत हस्ताक्षर गराएका छन् ।

मंगलबार हस्ताक्षर गर्दै मुख्यमन्त्री पोखरेलले अभियान चलाउने विद्यार्थी र हस्ताक्षर गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । हिंसामुक्त र सुरक्षित समाज निर्माणका लागि सबैको सक्रियताबाटै संभव भएको भन्दै उनले विद्यार्थीको अभियान प्रशंसनीय रहेको बताए ।

विद्यार्थीहरूलाई आत्म जागरुक बनाउँदै किशोरीहरूलाई हिंसाका विरुद्ध नीर्भिक रूपमा उभिन सक्ने बनाउन यस प्रकारको अभियान सञ्चालन गरिएको दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सञ्चालित अभियानअन्तरगत यसअघि कार्तिकको दोस्रो साता बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको दिनेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij