बुटवल : जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ गरेको हो ।
निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।
प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्