सरकारी कार्यालयमा नै चाेरी

सरकारी कार्यालयमा नै चाेरी

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ ।

बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । यस्तै, चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको प्रहरीले जनाएको छ ।

हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी भएको छ । हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट पारेर फोलेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यस्तै, व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पत्तीको नागरिकता चोरी भएको छ । ढकालका अनुसार अर्का व्यवसायी रमेश राईको पसल फुटाए । ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सीलगायत चोरी भएको छ । घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij