मुसाबिरुद्द उजुरी, क्षतिपुर्ति दिन सिफारिस

मुसाबिरुद्द उजुरी, क्षतिपुर्ति दिन सिफारिस

पर्वत :पाकेको धान मुसाले खाइदिएको पर्वतको कुश्मा नगरपालिका–११ शिल्मीका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको केही समय बित्न नपाउँदै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किसानले पनि मुसाले धान नोक्सान पारेपछि राहात दिन माग गरेका छन्।

स्थानीय १६१ जना किसानले जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र कुश्मा नगरपालिकामा राहातका लागि निबेदन पेश गरेको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए।

आधा उत्पादन मुसाले खेतमै नष्ट गरेपछि राहातको माग गरेको लामिछानेको भनाइ छ। उनका अनुसार मुसाले एउटै घरको तीनदेखि १५ मुरीसम्म धान नष्ट गरेको छ। मुसारका कारण चरम मारमा परेको भन्दै स्थानीयको निवेदन दिएपछि जनप्रतिनिधि र कृषि प्राविधिकहरु खेतमा नै पुगेर अनुगमन गरेका छन्।

अनुगमनपछि उनीहरुले क्षतिको मूल्यांकन गरी किसानको खुद उत्पादन र नोक्सानको विवरण एकत्रित गरी वडा कार्यालयले राहातका लागि सिफारिस गरेको छ।

किसानहरुको माग सम्बन्धित निकायमा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। क्षतिपूर्तिको व्यवस्था कसरी दिन सकिन्छ भन्ने आवश्यक समन्वय गरिरहेको प्रजिअ ढकालले बताए।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij