बुटवल : पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । समयको ब्यस्तता तथा सामाजिक, शारिरिक तथा सन्तुलित खानपानको समस्याले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको सरोकारवालाले बताएका हुन् ।
सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले बिहीबार बुटवलमा गरेको संचारकर्मीका लागि मानसिक स्वास्थ्य सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागि भएका सरोकारवालाले मानसिक स्वास्थ्य समस्यालाई कम गर्नका लागि जीवनशैलीलाई सरल र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा चौतारी नेपाल हेल्थ फाउण्डेशन तिलोत्तमाका बरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुंगानाले पुरुषको तुलनामा महिलामा मानसिक रोगको समस्या बढी रहेको बताए ।
उनले प्रति ४० सेकेण्डमा एक जना मानिसले आत्महत्याको प्रयास गर्न खोज्नु पनि मानसिक स्वास्थ्य समस्या भएको उल्लेख गर्दै चार जनामध्य एक जनामा कुनैनकुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको बताए ।
उनले नेपालमा भने वैदेशिक रोजगारिका कारण मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको स्पष्ट पारे । सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा यूएमएनका कार्यक्रम ब्यवस्थापक इश्वर केसि, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तीक श्रेष्ठ, सुनगाभाका मानसिक स्वास्थ्य परियोजना संयोजक अमृता थापा, दिब्या राना मगर लगायतले मानसिक स्वास्थ्य समस्यालाई कम गर्नका लागि ब्ययामसँगै खानपान र जीवनशैलीलाई सहज र सजिलो बनाउनु पर्ने बताए ।
युएमएन बुटवल कलस्टरको सहयोगमा भएको कार्यक्रममा रुपन्देहीका विद्युतिय तथा छापा संचार माध्यममा काम गर्ने दुई दर्जनबढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
रुपन्देहीका रोहीणी, सुद्धोधन र कोटहीमाई गाउपालिकामा सुनगाभाले मानसिक स्वास्थ्य सम्वन्धि कार्यक्रम संचालन गरेको छ भने पछिल्लो समय स्थानीय गाउँपालिकाले पनि थोरैभएपनि बजेट छुट्याउने गरेको सुनगाभाले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्