खुल्याे लाईसेन्स, अनलाईनबाटै भर्न सकिने

खुल्याे लाईसेन्स, अनलाईनबाटै भर्न सकिने

बुटवल । चाडबाडको कारण लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन शुक्रबारदेखि खुलेकाे छ ।

लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ।

अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

यातायात व्यवस्था विभागले चाडपर्वको विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।
नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैंलगत्तै सुचारु गरिएको थियो।

करिब ७० हजार लाइसेन्स छापियो

सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका करिव ६ लाख चालकले भने अझै लाइसेन्स पाउन सकेका छैनन्।

विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको थियो। आफूहरुले हालसम्म करिव ७० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको र विभागलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए।

आफुहरुको दैनिक २० हजार लाइसेन्स छाप्ने क्षमता भएपनि त्यो रफ्तारमा काम हुन नसकेको ढकालले बताए। ‘हामीलाई विभागबाट प्राप्त डाटा मध्ये ५० प्रतिशत मात्रै डाटा सही आउँछ बाकीँ इरर हुन्छ, विभागले त्यो समस्या हटाउने प्रयास गर्दै छ’ उनले भने। त्यो समस्या हट्नेवित्तिकै छपाई बढ्ने उनले बताए।

अनलाईन फारम भर्नकाे लागि http://dotm.gov.np/ खाेलेर अावश्यक जानकारी सहित अाफै फारम भर्न सकिन्छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij