बुटवल । हिजाे साँझ रडुवा खोलामा भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुने १८ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा कैलाली गोदावरी नगरपालिका-२ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका- १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका- ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका- ७ का २४ वर्षीय शंकर जोरा, साेही नगरपालिका- ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप-महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका- ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका- ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका- ८ का४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।
त्यसैगरी, डडेल्धुराको नवदुर्गा गाउपालिका- ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका- १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका- ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका- १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका -३ का १७ वर्षीय तिलक खाती, साेही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका- १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका- ११ का २४ वर्षीय पदम विककाे मृत्यु भएकाे छ ।
मृतकहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको छ । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको से १ क २९३ नम्बरको बस बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डाः केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ११ रडुवा खोलामा हिजाे बेलुकी करिब ५ः४० बजे दुर्घटनामा परेको थियो ।
अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । दुई जना डिस्चार्ज भएका छन् भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्