बर्दियाका सिडिओ कुरुम्बाङ्गलाई उत्कृष्ट बनाउन भोटिङ अभियान तिब्र

बर्दियाका सिडिओ कुरुम्बाङ्गलाई उत्कृष्ट बनाउन भोटिङ अभियान तिब्र

बर्दिया । यस वर्षको ‘इन्टिग्रिटी आइडल’ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई जिताउन बर्दिया सहित अधिकाँश जिल्लाबासीले अभियान चलाएका छन् । बर्दियाका प्रजिअ कुरुबाङ्गलाई यतिबेला सामाजिक संजाल र एसएमएसबाट भोट गर्ने तरिका दिँदै भोट गर्न आग्रह गरिरहेका छन् ।

देशभरीका झण्डै एक हजार जना प्रतिस्पर्धी मध्येबाट बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग ‘इन्टिग्रिटी आइडल’ को सर्वोत्कृष्ट कर्मचारी मध्ये टप पाँच भित्र प्रतिस्पर्धिमा परेका हुन् ।

एकाउन्ट्याबिलिटी ल्याबले आयोजना गर्ने इन्टिग्रिटी आइडलको सम्भवतः पाँचौ संस्करणको विजेताका लागि बर्दियाका प्रजिअ कुरुम्बाङ्ग परेपछी यतिबेला उनलाई यो उपाधि प्राप्त गराउन बर्दियाबासी सहित अधिकाँश जिल्लाबासीले इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्नेलाई हौसला प्रदान गर्न भएपनि बर्दियाका प्रजिअ कुरुम्बाङ्गलाइ भोट गर्नु पर्ने जनाएका छन् ।

अन्तिम प्रतिस्पर्धामा राम बहादुर कुरुम्बाङ्ग सँगै ध्रुबराज आचार्य, महेन्द्र प्रसाद पौड्याल, अरुण काफ्ले र सीता कुमारी शर्मा रहनुभएको छ । एकाउन्ट्यबिलिटीका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारीका अनुसार वेबसाइट र एसएमएस बाट बर्दिया सहित विभिन्न जिल्लाबासीले आफुलाई भोट गर्नेहरु बढदै गएको प्रजिअ कुरुम्बाङ्गले बताए । मंगलवार बेलुका ७ बजेदेखि सुरु भएको भोटिङ मंसिर १७ गते अर्थात डिसेम्बर ३ तारिख भोट गर्न सकिने जनाईएको छ ।

रोलमोडल कुरुम्बाङ्गको २९ वर्षे यात्रा
तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–१, का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारीमा आएको २९ वर्ष भयो । एमए पास गर्नुभएका कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरे ।

त्यसपछी २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लप्टनमा नाम निकालेपछी २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लप्टनमा जागिरे थिए । कुरुम्बाङ्गले नेपाली सेनाको जागिर पनि छोडेर फेरी २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव भएको बताए ।

उनले भने ‘शैक्षिक योग्यताको अनुभवले होला, जुनबेला पनि नाम निकाल्न सफल भँए ।’ हरेक पटक नाम निकाल्न सफल भएको सम्झिदै उनले भने सुरुमा अछाम जिल्ला त्यसपछि ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्युठान, मोरङ्ग लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदै अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी भएर झण्डै ७ महिना अघि बैशाखमा आएको छु ।आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको कामकारवाही, विकास निर्माणका बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उहाँको अनुभव छ । त्यसैले उहाँले जिल्लामा आफु आउनु अघि कार्यरत प्रजिअ सँगै स्थानीयबासिन्दाको सहयोग पनि लिने गर्नुहुन्छ । सधैँ सच्चा नागरिककै पक्षमा रहेर काम गर्ने उहाँको अडान छ ।काल्पनिक कथाबस्तुमा आधारित एउटा हिन्दी चलचित्रमा एकदिनको सिएम (मुख्यमन्त्रि) को भुमिकामा रहेका कलाकारले निभाएको अभिनय भन्दा कम छैन, उनको वास्तविक कार्यदक्षताको वास्तविक काम पनि । यतिबेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बर्दियामा वास्तविक रुपमै खेलेको भुमिकाको सबैले प्रसंशा पनि गरिरहेका छन् । सुरुका केहीदिन मात्रै होईन,बर्दिया आएको ७ महिनासम्म बर्दियाको समस्यालाई हटाएर विकास गर्न तर्फ लागि पर्नु भएको बर्दियाबासी नागरिकको भनाई छ ।

बर्दियामा आउने वित्तिकै सिडियो रामबहादुर कुरुम्बाङ्गले बजार अनुगमनलाई तिब्रता दिँदै सुशासन कायम गर्दै, भष्ट्रचार, कालोबजारी, चोरी निकासीको अन्त्य संगै समग्र बर्दियाको विकासका लागि अग्रणी भुमिका निभाउनु भएको छ, रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले भने । यस्तै वर्षाको समयमा बबई नदीमा बाढि नियन्त्रण तथा तटबन्धनमा समेत महत्वपुर्ण भुमिका निर्वा गरेको सह्रायिन रहेको नेपालले बताए ।

अछाममा प्रमुख जिल्ला अधिकारी रहँदा सदरमुकामबाट निकै टाढा रहेको गाउँमा पुगेर नागरिकता लगायतको घुम्ति शिविरको सुरुवात गरेको सम्झिदै उहाँले ‘गाउँ–गाउँमा जिल्ला प्रशासन सेवा’ अभियान सुरु गरेको बताए । नागरिकको समस्या समाधान गाउँमै पुगेर गर्न अछाममा रहँदादेखि नै सुरु गरिएको घरदैलोमा सेवा पुर्याउने सुरु गरिएको घुम्ति शिविर अभियान अहिलेसम्म विभिन्न जिल्लाका झण्डै एकसय बढी ठाउँमा संचालन गरिएको उहाँको काम उदाहरणीय पनि मानिन्छ ।

आफ्नो सेवा जागिर होइन, नागरिकका लागि सेवा हो ः कुरुम्बाङ्ग
सरकारी जागिरको ‘क्रेज’ बढ्दै गइरहेको छ । सरकारी सेवा प्रवेश गर्दा धेरै तयारी गर्ने तर जागिरे भइसकेपछि ‘काम गरे पनि भयो, नगरे पनि भयो’ भन्ने मनोवृतिको विरोध गर्ने बताउँदै उनले भने ‘यो जागिर मात्रै नभइ, सामाजिक सेवा पनि हो ।’ नागरिकहरुको अपेक्षा दिन प्रतिदिन बढिरहेको भएपनि सरकारी कार्यालयबाट त्यसअनुसार काम हुन नसकेको उनले बताए ।

कर्मचारीले नागरिकको समस्याप्रति उदासिन हुँदा नागरिक र सरकारबीच दूरी बढिरहेकाले सरकारी सेवालाई जागिर मात्रै नभइ सेवा मानेर जनताप्रति जवाफदेही हुनुपर्ने उहाँ बताउनुहन्छ । सरकारी कार्यालयले जनतालाई दुख दिने नभइ सेवा गर्ने ठाउँका रुपमा विकास गर्नुपर्ने उनले बताए ।

त्यसैले पनि उनले जिल्ला प्रशासन कार्यालय बर्दियाले गरेका निर्णयहरु, कार्यक्रमहरु र सूचनाहरु एसएमएस, इमेल र वेबसाइट मार्फत प्रवाह गर्ने व्यवस्था पनि मिलाउनु भएको छ । सरकारी कामकाजले सेवाग्राहीलाई सजिलो हुने गरी काम गर्नुपर्ने उनको भनाई छ ।

आफूलाई सेवाग्राहीको ठाउँमा राखेर हेर्नुपर्ने बताउँदै कुरुम्बाङ्गले भन्नुभयो ‘नजान्नु सेवाग्राहीको दोष होइन, त्यो त हाम्रो दोष हो । सबैकुरा सेवाग्राहीलाई थाहा हुँदैन, सिकाउनु पर्ने र नागरिकलाई सहज ढंगबाट सेवाप्रवाह गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’ त्यसैले नागरिकलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गर्न बर्दियाबासी लागे भोटिङ गर्न

नेपालकै उत्कृष्ट कर्मचारीको सम्मान बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई प्रदान गर्न यतिबेला बर्दियाबासी सहित अन्य जिल्लाबासीका युवा तथा समाजसेवीहरु कम्मर कसेर लागिरहेका छन् ।

जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील एकाउन्ट्याबिलिटी ल्याब नामक संस्थाले देशभरबाट गरेको अनलाइन भोटिङ तथा एसएमएसको आधारमा ५ जना प्रतिस्पर्धि मध्ये कुरुम्बाङ्गलाई पहिलो नम्बर बनाउन बर्दिया सहित अधिकाँस जिल्लाबासीहरु लागि परेका हुन् ।

एकाउन्ट्याबिलिटी ल्याब संस्थाले सरकारी कार्यालयमा रही निष्ठाका साथ आफ्ना कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने राष्ट्रसेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ । सम्मानका लागि सुरुमा हरेक वर्ष देशभरबाट झण्डै पाँच सय देखि एक हजार जनासम्म रहने गर्छन । ति मध्येबाट एउटा निर्णायक मण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गर्ने गरेको हुन्छ ।

सरल, इमान्दार, कार्यकुशल र स्थानीयसँग छिट्टै घुलमिल हुनसक्ने स्वभावका बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग ग्रामिण क्षेत्रमा रहेका नेपाली नगरिकलाई गाउँमै घुम्ति शिवर संचालन गरी सहज ढगंबाट नागरिकता दिलाउन र टाढाबाट सदरमुकामसम्म नागरिकता बनाउन आएका सबै नागरिकहरुलाई सहज ढंगबाट छिटो छरितो रुपमा नागरिकता प्रदान गर्नमा सहयोग गर्नुहुन्छ ।

आफूले इच्छाएको उम्मेदवारलाई भोट दिन सकिन्छ । प्रतिस्पर्धि पाँच जना उम्मेदवार मध्ये कुरुम्बाङ्गले अनलाइनबाट दिइएको भोटमा अहिलेसम्म ३१ प्रतिशत भोट प्राप्त गर्नु भएको छ भने एसएमएसबाट दिइएको भोटमा २८ प्रतिशत भोट प्राप्त गर्नु भएको छ ।

अरु चार प्रतिस्पर्धीले पनि ५ देखि २७ प्रतिशतसम्म भोट ल्याएका छन् । कुरुम्बाङ्गले आफुले नागरिकका लागि गरेको कामको मुल्याङ्कनका आधारमा भोट गर्न आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

उनलाई मोबाइलको म्यासेज बक्समा गएर क्यापिटल अक्षरमा (आइआइएन) टाइप गरि घद्धण्ण्ज्ञ मा एसएमएस पठाएर गरेर भोट दिन सकिन्छ । अनलाइनबाट भोट गर्नका लागि एकाउन्ट्याबिलिटी ल्यावकै अनलाइन http://www.integrityidol.org/countries/nepal/#IIN20184Modal मा गएर पनि भोट गर्न सकिन्छ ।

देशभरमा अनलाइन भोटिङ तथा एसएमएसको आधारमा प्रदान गरिने अवार्डका लागि जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील रहेकालाई संस्थाले उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गर्ने गर्छ । समाजमा राम्रो काम गर्नेको उचित कदर हुन्छ भन्ने उदाहरण दिन पनि यो सम्मान प्रदान गरिने जनाईएको छ ।

बर्दियाका सिडियोलाई एक नम्बर बनाउन पत्रकारको पनि साथ
निष्ठावान सरकारी कर्मचारीहरुलाई सम्मान गर्नका लागि घोषणा गरिएको इन्टिग्रीटी आइडल २०१८ को उत्कृष्ट पाँच प्रतिस्पर्धिमा बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई जिताउन बर्दियाका पत्रकारहरुले पनि सक्रिय सहभागिता जनाउन थालेका छन् ।

सरकारी सेवाको क्रममा उत्कृष्ट कार्य सम्पादन गर्दै आउनुभएका कुरुम्बाङ्ग झण्डै ७ महिना अघि मात्रै बर्दियामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको हो ।

एकाउन्टीबीलिटी ल्यावले संचालन गरेको प्रतिस्पर्धामा उनलाई उत्कृष्ट बनाउन पत्रकारहरुले पनि सक्रिय सहभागिता जनाउन थालेका हुन् ।
स्वच्छ छविका रुपमा परिचित प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाइ उत्कृष्ट पहिलो बनाउन अधिकाँश पत्रकारहरुले पनि विभिन्न माध्ययम मार्फत इन्टरनेटबाट अनलाइन भोटिङ र एसएमएस भोटिङ गरेर प्रजिअ कुरुम्बाङ्गलाई एक नम्बरमा ल्याउन सबैलाई अनुरोध गरिरहेका छन् ।

रामबहादुर कुरुम्बाङ्ग बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको समयमा यस्तो अवसर आएकाले यो अवसर चुकाउन नहुने बताउँदै नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले प्रजिअ कुरुम्बाङ्गलाई इन्टरनेटबाट आनलाइन र एसएमस भोटिङ गर्ने बताए । बर्दियाका अब्बल सिडियोलाई उत्कृष्ट बनाउन आफु पनि सहमत भएको बताए ।

‘इन्टिग्रीटी आइडल’ नाम दिइएको सम्मानले सार्वजनिक सेवामा लाग्न अझै प्रेरित गर्न प्रोत्साहन मिल्ने खालको यो प्रतिश्पर्धामा यसअघि सम्मानका लागि बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापा पनि अन्तिम ५ जनाको छनौटका लागि प्रतिश्पर्धाको छनौटमा परेका थिए ।

यस्तै चार वर्षअघि पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यो प्रतिश्पर्धामा संसारकै पहिलो भएर सम्मान समेत पाएका थिए । यो आइडल नेपालबाट सुरुवात भएको र अहिले संसारका धेरै देशहरुमा यो आइडल सुरु भएको पहिलो विजेता नेपालले भने ।

बर्दियाको मधुवन नगरपालिका घर भएका पहिलो विजेता नेपालले भन्नुभयो ‘आफु पनि बर्दियामा जिशिअ भएर आउँदा बर्दियाका प्रजिअ कुरुम्बाङ्ग संग आफ्नो धेरै बसाई नभएपनि उहाँ नागरिक केन्द्रित भएर निकै स्पिडमा काम गर्नुहुन्छ एक अब्बल व्यक्ती हो, पाँच जनामा छनौटमा पर्नु भएको छ, खुसी लाग्यो, अनि सरु पनि अब्बल व्यक्ति नै हुनुहुन्छ ।’

प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij