काठमाडौं: ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।
अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भए पनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।
अभियानका क्रममा दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसा विरुद्ध हिजोदेखि नै अभियान सुरु गरेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्