झापा : शिवसताक्षी नगरपालिका–७ लाल्झोडामा घरमा लागेको आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ।
अचानक राति ९ बजे अचानक खनाल परिवारको घरमा लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। परिवारकको सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिए।
मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन्।आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ। खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।
काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो। विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर १० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्