दाङ : देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर गाउँकाे एक घरमा सोमबार राति अागलागी हुँदा करिब ९ लाख बराबरको क्षति भएको छ ।
स्थानीय समि उल्लाहकाे घर जलेर पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गाेलेले जानकारी दिए । उनले भने ‘घरमा तीनजनाकाे परिवार बस्नुहुँदाे रहेछ । अागलागी बाट ९ लाख बराबरको क्षति भएको छ ।’प्रहरी प्रमुख गाेलेका अनुसार बिजुली सर्ट भएर अागाे लागेकाे हाे ।
स्थानीय बासिन्दा र प्रहरीले अागाे नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्