बुटवलमा बधशाला निर्माण अलमलमै

बुटवलमा बधशाला निर्माण अलमलमै

बुटवल: पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन ।

बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए ।

बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला निर्माण भएपछि उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउछन् र वातावरण स्वच्छ राख्न समेत मद्दत मिल्छ” पशु चिकित्सक वञ्जाडेले भने, “बधशालाको अभावमा बुटवलका मासु पसलमा खसी भनेर बाख्राको मासु बेच्ने, रोगी बाख्रा बेच्ने, झिङ्गा लागेको माछा उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।”

बधशाला सञ्चालन गर्न पटक–पटक बसेको बैठकले पशु बधशालाको लगानीको स्रोतको पहिचान गर्ने र पूर्वाधारको कामलाई अघि बढाउने कुरामा जोड दिएको थियो । उत्पादक, कृषि सहकारी र कृषकको सहकार्यमा सञ्चालन हुने भनिएको बधशालाको प्राविधिक क्षेत्रमा गैर सरकारी संस्था हेफर इन्टरनेशनलले सहयोग गर्ने बताइएको छ । बधशालालाई रुपन्देही, पाल्पा र कपिलवस्तुका महिला कृषि सहकारीले खसी, बोका आपूर्ति गर्ने बताइएको छ ।

हेफर इन्टरनेशनलका अनन्त सिलवालले उप महानगरपालिकाको अगुवाइमा प्रमुख शिव सुवेदीको संयोजकत्वमा २३ सदस्यीय पशु बधशाला निर्माण तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए। सो समितिमा मासु व्यवसायी सङ्घका कृष्ण पौडेल सह संयोजक छन् ।

आफ्नो संस्थाले प्राविधिक तथा व्यावसायिक योजना बनाइरहेको जानकारी दिँदै यो वर्ष निर्माणको काम सकिए दुई वर्षभित्र बधशाला सञ्चालन हुने पौडेलको भनाई छ । विस २०५७ मा पशु बधशाला निर्माणको विषय अघि आएको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij