JanataToday.com

Advertisment

SKIP THIS

तेल चोर्ने चालक कारवाहीमा

तेल चोर्ने चालक कारवाहीमा

विराटनगर: भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए ।

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङकर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ ।

प्रहरीमाथि अभद्र व्यवहार
मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई हिजो प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

नदीमा अवैध तरिकाले उत्खनन गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीलाई हातपात तथा गाडी तोडफोड गर्ने तीन जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङको कटहरीस्थित महेशपुरमा जाँच गर्ने क्रममा कटहरी गाउँपालिका–१ निवासी सुुवोधनारायण चौधरी, जोगलाल चौधरी र अन्तराम चौधरीले प्रहरीको टोलीसँग वादविवाद गरी हातपात गर्नुका साथै ना १ झ ९२० नंं को पिकअप गाडीमा ढुङ्गा प्रहर गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij