खुद्रा किराना व्यवसायी संघ रुपन्देहीकाे वार्षिकाेत्सवमा बिरामीलाई फलफुल

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीकाे वार्षिकाेत्सवमा बिरामीलाई फलफुल

बुटवल : खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले आफ्नो १३ औं वार्षिकउत्सवको शुभारम्भमा फलफुल बितरण गरेकाे छ ।

अाफ्नाे वार्षिकाेत्सवकाे शुभारम्भ गर्दै संघले बुटवलकाे लुम्बिनी अञ्चल अस्पताल र बुटवल हस्पिटल प्रालिमा उपचार गराईरहेका बिरामीहरुलाई फलफुल बितरण गरीएकाे हाे ।


लुम्बिनी अञ्चल अस्पतालबाट शुरु गरीएकाे कार्यक्रममा अञ्चल अस्पतालका मेसु कृष्ण खनाल, संघका अध्यक्ष गंगाधर न्याैपाने लगायतले बाेलेका थिए ।

प्लाष्टिकमुक्त अभियान शुरु गरेको संघले फलफूलाई फाईबरमा हालेर प्रदान गरेकाे हाे । संघका अध्यक्ष गंगाधर न्यौपानेले गाउं शहरलाई प्लाष्टिक मुक्त बनाउने गरी अभियान चलाईएको बताए ।

अस्पतालहरुलाई पनि प्लाष्टिकमुक्त गराउनु पर्छ भन्ने सन्देश दिनका लागि जुटको झोलामा व्यवसायीले फलफुल वितरण गरेका छन् । क्रमश बुटवलका सबै अस्पतालहरुमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै प्लाष्टिकमुक्त अभियानलाई अगाडी बढाईने व्यवसायीले बताएका छन् ।

मानव स्वास्थ्यमा प्लाष्टिकजन्य वस्तुले असरगर्ने भएकाले सबैसंग सहकार्य गर्नेगरी पलाष्टिकुमक्त अभियानमा लागिएको संघका महासचिव कृष्णप्रसाद पाण्डेले बताए ।

उनले रुपन्देहीमा रहेका सामाजिक तथा व्यवसायीक संघसंस्था र स्थानीय निकायसंग सहकार्य गरिने बताए । फलफुल वितरण कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर कृष्ण खनालले सबै मिलेर पलाष्टिकमुक्त गर्नुपर्ने बताउंदै देखिने गरी अस्पताललाई सहयोग गर्न आग्रह गरे ।

खुद्रा किराना व्यवसायीले बुटवलबाट प्लाष्टिक मुक्त अभियान शुरु गरेका छन् । बुटवल र आसपासको क्षेत्रमा किराना व्यवसाय गर्दै आएका व्यवसायीले प्लाष्टिकमुक्त अभियान शुरु गरेका हुन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij