रोबोटले कहिले पनि गर्न नसक्ने मानिसको काम

रोबोटले कहिले पनि गर्न नसक्ने मानिसको काम

काठमाडौं : पछिल्लो समय रोबोटको विस्तार व्यापक मात्रामा बढ्दो क्रममा रहेको छ । रोबोटहरुलाई पनि मानिसहरु जस्तै सोच्ने बनाउने प्रयासमा रहेका छन् । यतिमात्र होइन मानिसहरुमा भन्दा पनि मलिकहरुको विश्वास रोबोटमा हुने गरेको देखिन्छ ।

यस्तोमा मानिसहरुको रोजगारी पनि रोबोटले नै खान्छ कि भन्ने चिन्ता मानिसहरुमा बढ्दो क्रममा रहेको देखिन्छ । मानिसहरुमा रहेको यस किसिमको चिन्ताको अवस्थामा एउटा खुसीको समाचार आएको छ । रोबोटको विषयमा देखिएको किताबमा यसबारे केही जानकारीहरु सार्वजनिक गरिएको हो । आईएफटीएम नामक संस्थाको अनुसन्धानमा रोबोटले मानिसको सबै काम गर्न नसक्ने देखिएको हो ।

अनुसन्धानको विवरणमा देखिए अनुसार रोबोट प्लम्बर, इलेक्ट्रिसियन र नर्सको काम भने कहिले पनि गर्न सक्दैन । यो कामका लागि धेरै दिमागभन्दा पनि मनको आवश्यकता पर्ने भएकोले रोबोटले यसमा काम गर्न नसक्ने अनुसन्धानको निष्कर्ष छ ।

यद्यपि यो तर्कलाई बुद्धिजीवीहरुले भने नकार्दै आएका छन् । उनीहरुले भने भविष्यमा यस्तो किसिमको रोबोट अविष्कार हुने हुने र यसले सबै मानिसहरुलाई कामबाट छुट्टी मिल्ने बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij