भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ। सतीश धवन स्पेस स्टेसन, श्रीहरीकोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
पोलर सेटेलाइट लन्च भेकलले आफ्नो ४५ औं उडान पिएसएलभी–सि ४३ मा हाइपर स्पेक्ट्रिकल इमेजिङ सेटेलाइट ‘हाइसिस’ भारतीय उपग्रह र अन्य ३० उपग्रहहरुको प्रक्षेपण सतिश धवन स्पेस स्टेसनको पहिलो लन्च प्याडबाट गरेको हो।
हाइसिस भारतको आफ्नो उपग्रह हो। यसले भारतको कृषि, वन, तटिय इलाका, नदि, माटो, पर्यावरणसँग जोडिएका कैयौं एप्लिेकशनकालागि हाइपरस्पेक्ट्रिकल इमेजिङ सुविधा प्रदान गर्नेछ।
यसको मतलब यस उपग्रहले वायुमण्डल र जलवायु परिवर्तनको बारेमा मात्र होइन पृथ्वीको चुम्बकिय मैदानको समेत अध्ययन गर्दछ। हाइसिसको वजन ३ सय ८० किलोग्रामको छ।
यसले सन् २०२३ सम्म सूचना प्रवाह गर्नेछ। भारतबाट अन्तरिक्षमा पठाइएका अन्य ३० उपग्रह मध्ये २३ अमेरिकाको हो। रकेटमा पठाइएको उक्त उपग्रहहरु अलग अलग स्थानमा राखिनेछन्।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्